के कोरोना महामारीले यौन जीवनमा असर पार्छ ?

विश्ववभर कोराना भाइरस महामारीको रूपमा फैलिरहँदा कसैलाई यसले यौन जीवनमा के असर पार्छ भन्नेबारे जिज्ञासा बढेको छ । वैज्ञानिकका अनुसार अहिलेसम्म यौनसम्बन्धमार्फत कोरोना सर्छ भनेर पुष्टि भइसकेको छैन । तर कोही संक्रमित व्यक्तिको नजिक रहँदा भने संक्रमण हुन सक्छ ।
– युनिभर्सिटी अफ इस्ट एंगालियामा मेडिसिन विभागका विशेषज्ञ पल हन्टरले यौन सम्बन्धलाई लिएर ब्रिटिस सरकारको तर्फबाट जारी भएको ताजा एडभाइजरीको मतलबबारे बुझाउने कोशिश गरेका छन् ।
– प्राध्यापक हन्टर भन्छन्, ‘यदि, पार्टनरमा कोरोना भाइरसको संक्रमणका कुनै लक्षण छैनन् भने यौन सम्बन्धबाट बच्न तपाईंसँग कुनै उपाय हुँदैन । तर, दुईमध्ये एकको स्वास्थवस्था खराब छ भने एक अर्काकोे सामिप्यताबाट टाढै रहनु उचित हुन्छ ।’
प्राध्यापक पल हन्टर भन्छन्, ‘यदि, पार्टनरमा कोरोना भाइरसको संक्रमणका कुनै लक्षण छैनन् भने यौन सम्बन्धबाट बच्न तपाईंसँग कुनै उपाय हुँदैन । तर, दुईमध्ये एकको स्वास्थवस्था खराब छ भने एक अर्काकोे सामिप्यताबाट टाढै रहनु उचित हुन्छ ।’
– हन्टर र अर्का एक विशेषज्ञ अहिलेको अवस्थामा आफ्नो नियमित पार्टनरवाहेक अन्य व्यक्तिसँग यौन सम्बन्ध राख्नबाट बच्नुपर्ने बताउँछन् ।
–न्यूयोर्कको पब्लिक हेल्थ डिपार्टमेन्टका अधिकारीले यौन गतिविधिलाई लिएर नयाँ गाइडलाइन्स जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैनबारे प्रष्ट बताइएको छ ।
–हामी दोस्रो व्यक्तिसँग गैरजरुरी सम्पर्क बनाउनबाट बच्नुपर्छ । दूरी बढाउनाले संक्रमण फैलिनबाट रोक्न सक्छ । चुम्बनको माध्यमबाट कोरोना भाइरस सजिलै फैलिन सक्छ । त्यसकारण यदि तपाईँ सिंगल हुनुहन्छ भने केही समय डेटिङ नजानुहोस् । (एजेन्सीको सहयोगमा)
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया