छापामा आज : कसले के लेखे ?
काठमाडौं । एमसिसीलाई लिएर सत्ता साझेदार दलमा देखिएको मतभेद आजका सबैजसो दैनिक अखबारको प्राथमिकतामा परेको छ । यसबाहेकका समाचारमा भने विविधता छ ।
अन्नपूर्णले ‘मुसहरको वन, टाठाबाठाको धन’ शीर्षकमा मुख्य समाचार बनाएको छ ।
नयाँ पत्रिकाको नजर विशेष अदालतमा दायर हाइ प्रोफाइल भ्रष्टाचार मुद्दामा परेको छ । समाचारअनुसार, यस्ता भ्रष्टाचार मुद्दाको सुनुवाइ अहिले ठप्प छ । स्वास्थ्य चौकी पहिरोबाट जोगाउन आएको ३० लाख बजेट मुखयमन्त्री शाहीले आफ्नै घर जोगाउन खर्च गरेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । २० मुलुकमा राजदुत नियुक्ति तयारी गरिएको, सुन तस्करी आरोपीका दुईथरी नागरिकता भेटिएको, संक्रमितलाई नेगेटिभ रिपोर्ट दिएर सामाजिक अपराध गरिएकोलगायत खबरलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ ।
कान्तिपुरमा ‘एमसिसीले धरमराको गठबन्धन’ शीर्षकमा समाचार छ । जसमा एमसिसीले सत्ता साझेदार दलमा आएको हलचलबारे चियोचर्चो गरिएको छ । कुुरिलोको मूल्य किलोकै ९ हजार रूपैयाँसम्म पुगेको अर्को रोचक खबर पनि कान्तिपुरमा छ ।
नागरिकले सभामुख हटाउन प्रस्ताव दर्ताको तयारी गरिएको लेखेको छ भने गोरखापत्रले पशुपति क्षेत्रमा संग्रहालय बनाउने तयारीबारे एंकर बनाएको छ ।

ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया