मरिससविरुद्धको दोस्रो खेलमा पनि नेपाल १–० ले विजयी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित हासिल गरेको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।
नेपालले खेलको सुरुवातीमै अग्रता लिएको थियो । मिडफिल्डर सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए ।
खेलको १२ औं मिनेटमा गोलरक्षक तथम कप्तान किरणकुमार लिम्बूले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा ह्यान्ड गर्न पुगेपछि रेफ्रीले मरिससलाई पेनाल्टी दिएका थिए ।
तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।
दोस्रो हाफमा पनि दुवै टोलीका खेलाडीले गोलका केही सुनौला अवसर गुमाएका थिए ।
यसअघि नेपालले शनिबार अफ्रिकी राष्ट्र मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया