नेपाल र मरिससबीचको खेल तनावपूर्ण, रातो कार्डको वर्षा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित हासिल गरेको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल १–० ले विजयी भएको हो ।
नेपालले खेलको सुरुवातीमै अग्रता लिएको थियो । मिडफिल्डर सुजल श्रेष्ठले खेलको १० औँ मिनेटमै नेपाललाई अग्रता दिलाएका थिए । अन्त्यमा सोही गोल नै निर्णायक बनेको हो ।
नेपाल र मरिससबीचको आजको दोस्रो खेल तनावपूर्ण बनेको थियो । विशेषगरी दाेस्रो हाफ ।
खेलको ७१ औं मिनेटमा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।
नेपालका पुजन उपरकोटी र मरिससका एड्रियन बोट्लरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
तनाव यतिमै सीमित भएन । ८० औं मिनेटमा मरिससका इमानुएल फलचन्दले पनि रातो कार्ड पाए ।
यस्तै, नेपालका सहायक प्रशिक्षक विकास मल्ललाई पनि रेफ्रीले रातो कार्ड देखाएका थिए ।
यसैगरी, लाइटका कारण खेल झन्डै आठ मिनेट करोकिन पुगेको थियो ।
यसअघि नेपालले शनिबार मरिसससँग पहिलो खेल खेलको थियो । सो खेल नेपालले १–० ले जितेको थियो ।
विमल घर्ती मगरले दोस्रो हाफमा गोल गरेका थिए ।
मरिससविरुद्धको दोस्रो खेलमा पनि नेपाल १–० ले विजयी
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया