जिप्रका भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने
भक्तपुर । केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय (जिप्रका) भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।
कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज यसबारेमा जानकारी दिँदै कोभिड– १९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्द गरेका सेवा पनि यही २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने बताए ।
आलोपालो प्रणालीअनुसार आइतबार, मङ्गलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने उनले जानकारी दिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया