रुस–युक्रेन तनाव : दुई हजार सेना युरोप पठाउँदै अमेरिका
काठमाडौं । अमेरिकाले युरोपमा थप सेना पठाउने भएको छ । रसिया र युक्रेनबीच तनाव चुलिरहेका बेला अमेरिकाले थप सेना पठाउने भएको हो ।
यसै साता अमेरिकाले युरोप पठाउन लागेको सेनाको संख्या दुई हजार रहेको बताइएको छ । जसलाई पोल्यान्ड र जर्मनीमा तैनाथ गरिने छ । जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मीलाई भने रोमानिया पठाइँदै छन् ।
रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरिसकेको छ ।
अमेरिकाको यो निर्णयले रुस रुष्ट बनेको छ । उसे यसलाई विनाशकारी भनेको छ ।
अमेरिकालगायत पश्चिमी मुलुकले युक्रेन अतिक्रमण गरेको आरोप रुसमाथि लगाउँदै आएका छन् । तर रुसले त्यसको ठाडै प्रतिवाद गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया