नाडा नयाँ नेतृत्वको लागि मतदान सुरु
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ ।
बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो ।
मतदानका लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि सुरु भएको हो ।
नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।
नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८, ११:५३:००
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया