मोरिससविरुद्ध खेल्ने दुई खेलका लागि फरक नेपाली टिम

काठमाडौं । मोरिससविरुद्धका दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आज दुई खेलका लागि टिम घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)लेजनाएको छ ।
प्रशिक्षक अल्मुताइरीले किरण लिम्बूको कप्तानीमा दुई फरक टिम घोषणा गरेका छन् ।
प्रशिक्षणमा रहेका ३४ खेलाडीलाई समेटेर दुई फरक टिम बनाएक हो ।
तर, यसका कस्तान किरणलगायत केही खेलाडी भने दोहोरिएका छन् ।
नेपालले जनवरी २९ र फेब्रुअरी १ मा काठमाडौंको दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग खेल खेल्न लागेको हो ।
पहिलो खेलका लागि टिम :
किरण लिम्बू, दीप कार्की, टेकेन्द्र थापा, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, सुदीप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, आशिष लामा, दर्शन गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिसरत्न छुन्जू र जगजित श्रेष्ठ ।
दोस्रोका लागि :
किरण लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यू ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, अनन्त तामाङ, आशिष राई, एरिक विष्ट, सुशील राई, प्रशान्त अवस्थी र सन्तोष तामाङ ।
प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १४:२०:००
प्रतिक्रिया