सेनेटरी प्याड किन्न नसकेपछि आफैं निर्माणमा जुट्न थाले जुम्लाका महिला
जुम्ला । जुम्लाको सिँजा गाउँपालिकाका महिलाहरु सेनेटरी प्याड निर्माणमा जुटेका छन् । यहाँका अधिकांश महिलाले महिनावारी हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने अवस्था भएपछि आफ्नै गाउँबस्तीमा रहेको स्रोत साधनबाट आफ्नै अनुकुलताको सेनेटरी प्याड बनाउन थालेको स्थानीयवासी लक्ष्मी घर्तीले बताइन् ।
घरेलु तरिकाबाट सेनेटरी प्याड बनाउँदै आएका छौँ । बजारदेखि खरिद गरेर लिएको प्याडभन्दा पनि गाउँमै आफैंले बनाएको प्याड प्रभावकारी भएको यहाँका स्थानीय महिला बताउँछन् ।
‘पहिले प्याडको प्रयोग गर्नेबारे जानकारी नहुँदा महिनावारी हुँदा समस्या हुने गरेको थियो । अहिले आफ्नै घरमा रहेको साधनस्रोतको प्रयोग गरेर प्याड बनाउन सिकेका छौँ’, स्थानीयवासी जमुना चौलागाईंले भने, ‘प्याड किन्नु पर्दैन, बरु कहीँकतैबाट माग आएको खण्डमा प्याड बनाएर बेच्न सक्नेसम्मको काम भएको छ ।’
प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग र पेस नेपालको साझेदारीमा सञ्चालित खानेपानी सरसरफाइ स्वच्छता उत्थानशील परियोजनाअन्तर्गत दुईदिने प्याड बनाउने तालिम लिएपछि सिँजाका महिला प्याड किन्नकै लागि मेडिकल र स्वास्थ्य संस्थामा धाउनु नपरेको सिञ्जाका महिला बताउँछन् ।
समुदायमा रहेका महिलामा आफ्नै घरमा सियोले बुनेर सेनेटरी प्याड बनाउन सक्ने सीपमूलक तालिम दिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया