योगेश भट्टराईले सेटिङ गरेर बतासलाई सस्तोमा जग्गा भाडामा दिनुभयो : मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रको जग्गा पूर्वमन्त्री योगेश भट्टराईले सेटिङ गरेर सस्तोमा बतासलाई दिएको आरोप लगाएका छन् ।
साथै बतास समूहसँग सम्बन्धित व्यक्तिलाई राजनीतिक नियुक्तिसमेत दिलाएको आरोप लगाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले भने, ‘बतास समूहलाई योगेश भट्टराईले नारायणहिटीभित्रको जग्गा सेटिङ मिलाएर सस्तोमा दिनुभयो । अन्य ठाउँमा पनि त्यसैगरी दिएको देखिन्छ ।’
उनले पशुपति धर्मशाला बनिसकेपछि त्यसलाई भाडामा लगाउनका लागि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर निर्णय गरेपछि मात्रै टेन्डर पाउने प्रक्रिया रहेको उनको भनाइ थियो ।
उनले भने, ‘पशुपतिमा धर्मशाला बनिसकेपछि त्यसको टेन्डर प्रक्रिया पनि पशुपति क्षेत्र विकास कोषको मिटिङ बसेर मिटिङले पास गरेपछि मात्र टेन्डर गर्न पाउने कुरा हो । परिषद्को मिटिङबाट त्यो पास पनि भएको छैन । हतार हतारमा टेन्डर निकालेर सेटिङमा त्यो पनि उहाँले लिनुभएछ । हेर्दाखेरी सबै प्रक्रिया गलत छ । उहाँ बतासकै पार्टनर रहेछन् डिमप्रसाद पौडेलजी । त्यही मान्छेलाई ल्याएर योगेश भट्टराईजीले के गर्नुभयो, निगमको एमडी बनाउनुभयो ।’
उनले बतासलाई धर्मशाला मात्रै बुझाएको नभई उता डिमप्रसाद पौडेललाई निगमको एमडीसमेत बनाएको आरोप लगाए । साथै उनले बतास र धनञ्जय रेग्मी व्यवसायिक पाट्नरसमेत भएको बताएका छन् ।
‘अनि धनञ्जयलाई ल्याएर पर्यटन बोर्डको सिइओसमेत बनाउनुभयो । कस्तो सेटिङ हेर्नुस् । अनि कसरी बन्छ त हाम्रो देश ? सबभन्दा बढी यसको गल्ती भनेको म आफैँलाई भन्छु, नेताहरूले गर्दा खेरी हाम्रो देश बिग्रिएको’, मन्त्री आलेले भने ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया