काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा
काठमाडौं । काठमाडौंमा सोबारदेखि कोरोना भाइरसविरुद्धको फाइजर खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
कामपाले हालै एक सूचना जारी गर्दै फाइजरको दोस्रो मात्रा खोप लगाउने जनाएको हो । जिल्ला खोप समन्वय समिति काठमाडौंको यही माघ २० को निर्णयअनुसार सूचना जारी भएको कामपाले जनाएको छ ।
‘तोकिएको मितिमा शनिबारबाहेक अन्य सबै दिन बिहान १० बजेदेखि ४ः०० बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ’, कामपा स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले जारी गरेको सूचनामा भनिएको छ, ‘खोप लगाउनका लागि कामपा ३२ वटै वडाको खोप समन्वय समितिको निर्णयअनुसार विद्यालयमा खोप केन्द्र तोकी कार्यक्रम सञ्चालन गर्नुपर्ने छ ।’
पहिलो खोप लगाएका १२ देखि १७ वर्ष उमेर समूहका २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डसाथ नजिकको खोप केन्द्रमा जानुपर्ने सूचनामा उल्लेख छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया