ग्रीन भेन्चर्सको आइपिओ फागुन २ देखि आउँदै
काठमाडौं । ग्रीन भेन्चर्सको पहिलो चरणको आइपिओ फागुन २ गतेदेखि निष्कासन तथा बिक्री हुने भएको छ ।
भेन्चर्सले फागुन २ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि पहिलो चरणमा आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।
कम्पनीको पहिलो चरणमा जारी पूँजीको १० प्रतिशतले हुन आउने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आइपिओ बिक्रीमा ल्याउन लागेको हो । स्थानीयको आइपिओे निष्काशन तथा बाँडफाँड पश्चात सर्वसाधारणका लागि दोस्रो चरणमा सोही संख्यामा सेयर जारी हुनेछ ।
उक्त आइपिओ आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाविस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिखु तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस), रामेछाप, लिखु तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजी गाविस) रामेछाप जिल्लाका बासिन्दाका लागि निष्कासन गरेको हो ।
आयोजना प्रभावित स्थानीयले बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताको लागि आइपिओमा आवेदन दिन सक्नेछन् । छिटोमा फागुन १६ गते तथा सो अवधिमा सबै सेयर खरिदका लागि माग नपरेमा ढिलोमा चैत्र १ गतेसम्म आइपिओमा निष्कासन खुला रहनेछ ।
लगानीकर्ताले आइपिओमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौं, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौं, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबीबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया