आर्मीलाई हराउँदै मनाङ फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
पोखरा रंगशालामा भएको खेलको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा भने मनाङले बाजी मारेको हो ।
पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गर्न सफल भए भने विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल पनि दीपक गुरुङ र युद्ध शाही चुक्दा मनाङले बाजी मारेको हो ।
मनाङले अब फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपिएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १८:५३:००
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया