आर्मीलाई हराउँदै मनाङ फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २० औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
पोखरा रंगशालामा भएको खेलको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी सुटआउटमा भने मनाङले बाजी मारेको हो ।
पेनाल्टी सुटआउटमा मनाङका लागि फ्रान्कलिन कोटे टाला, शिव गुरुङ, रुपेश केसी र ओलावाले आफिजले गोल गर्न सफल भए भने विश्व अधिकारीको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
आर्मीका लागि कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की र विवेक बस्नेतले गोल पनि दीपक गुरुङ र युद्ध शाही चुक्दा मनाङले बाजी मारेको हो ।
मनाङले अब फाइनलमा विभागीय टोली नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एपिएफ उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १८:५३:००
ताजा अपडेट
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
-
‘सभामुख पदमा आसिन व्यक्ति कुनै एक दलको इशारामा प्रयोग भयो’
प्रतिक्रिया