रुसको महत्त्वपूर्ण ग्यास पाइपलाइन बन्द गराइदिने बाइडेनको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमाथि रुसले हमला गरेमा उसको महत्त्वपूर्ण ग्यास पाइपलाइन बन्द गराइदिने चेतावनी दिएका छन् ।
जर्मन चान्सलर ओलाफ सोल्जसँगको वार्तापछि प्रतिक्रिया दिँदै उनले यस्तो चेतावनी दिएका हुन् ।
फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रो र उनका रुसी समकक्षी पुटिनबीच मस्कोमा युद्ध रोक्नेबारे छलफल चलिरहँदा बाइडन र सोल्जबीच वार्ता भएको हो ।
नर्ड स्ट्रिम टू पाइपलाइन रुसको सबैभन्दा ठूलो ग्यास पाइलपलाइन हो । बाइडेनले यही पाइपलाइन बन्दको चेतावनी दिएका हुन् ।
रुस– युक्रेनबीच झण्डै एक दशकदेखि झगडा जारी छ । दुई देशबीचको यही पुरानो तिक्तता अहिले चुलिएको छ । अमेरिकी अधिकारीहरूले रुसले पूर्ण आकारको हमलाका लागि चाहिने सैनिकको ७० प्रतिशत फौज एकीकृत गरिसकेको दाबी गरेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया