पार्टी कार्यालय बनाउन बागलुङ कांग्रेस सक्रिय
गलकोट । बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ । पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ । १४ औँ महाधिवेशनपश्चात सभापति जीत शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए ।
अहिले कांग्रेसको पार्टी कार्यालय बनाउने अभियानअन्तर्गत बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग सङ्कलन अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए ।
शेरचनले रु दुई करोड पाँच लाखमा जग्गा खरिद गरेर भवन निर्माणको लागि नक्शाको काम भइरहेको बताए । सुविधा सम्पन्न पार्टी कार्यालय बिपी स्मृति भवन निर्माणका लागि अहिले कांग्रेसका नेता तथा शुभेच्छुकहरूले धमाधम सहयोग प्रदान गरिराखेका छन् । शेरचनले सुविधा सम्पन्न भवन निर्माणका लागि पाँच करोड खर्च अनुमान गरिएको बताए ।
जग्गा खरिदसहित भवन निर्माणका लागि पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिबाट रु ३० लाख सङ्कलन गरिसकेको छ । कांग्रेस बागलुङले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै आफूहरुको रु १० करोड उठाउने लक्ष्य रहेको जनाएको छ ।
“कांग्रेसका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकहरुले उत्साहजक रुपमा पार्टीको भवन निर्माणका लागि सहयोग गरिराख्नुभएको छ, छोटो समयमै रु ३० लाख बढी रकम सङ्कलन भइसकेको छ”, सभापति शेरचनले भने, “ १० करोड उठाउने लक्ष्य छ, सबेले सहयोग गर्छौं भनिरहेका छन्, उठेको रकममध्ये जग्गा व्यवस्थापन र भवन निर्माण पश्चात बाँकी रहेको रकम पार्टी व्यवस्थापनमा खर्च गरिनेछ ।”
पार्टी कार्यालयको लागि १० आनामा भवन बन्ने छ । भवन ६ तलाको बन्ने सभापति शेरचनले बताए । उनले दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्ने बताए । अहिले बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोक नजिकै घर भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिदै आएको छ । कार्यालय सञ्चालनका लागि पार्टीले मासिक २० हजार घर भाडा तिर्दै आएको छ । भवन सभाहलसहितको हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया