कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ ।
मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारी सम्बन्धमा सभापतिको उपस्थितिमा पदाधिकारीबीच आज छलफल हुन लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
कार्यसम्पादन बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूचि तय भएको जानकारी पनि उनले दिए ।
कांग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता पदाधिकारी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया