एमसिसीको विरोधमा प्रदर्शन, लाग्यो ‘मातृभूमि बचाऔँ’ नारा
काठमाडौं । विभिन्न आठवटा राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा आज राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका राजनीतिक दलमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा छन् ।
प्रदर्शनका सहभागीले एमसिसी सम्झौता राष्ट्रघाती रहेको भन्दै यसको खारेजीके माग राखेका थिए । उनीहरूले संसद्बाट एमसिसी अनुमोदन नगर्न खबरदारीसमेत गरेका छन् ।
प्रदर्शनकारीले एमसिसी राष्ट्रघाती हो भन्ने खालमा विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
‘मातृभूमि बचाऔं’लगायतका प्ले कार्ड बोकेका प्रदर्शनकारीको समूह माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुगेको थियो । त्यसपछि कोणसभा आयोजना गरिएको छ ।
उक्त कोणसभामा आठ दलका नेताहरूले संबोधन गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया