एमसिसीको विरोधमा प्रदर्शन, लाग्यो ‘मातृभूमि बचाऔँ’ नारा
काठमाडौं । विभिन्न आठवटा राजनीतिक दलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा आज राजधानी काठमाडौंमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका राजनीतिक दलमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माओवादी केन्द्र समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चा छन् ।
प्रदर्शनका सहभागीले एमसिसी सम्झौता राष्ट्रघाती रहेको भन्दै यसको खारेजीके माग राखेका थिए । उनीहरूले संसद्बाट एमसिसी अनुमोदन नगर्न खबरदारीसमेत गरेका छन् ।
प्रदर्शनकारीले एमसिसी राष्ट्रघाती हो भन्ने खालमा विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए ।
‘मातृभूमि बचाऔं’लगायतका प्ले कार्ड बोकेका प्रदर्शनकारीको समूह माइतीघरदेखि नयाँ बानेश्वरसम्म पुगेको थियो । त्यसपछि कोणसभा आयोजना गरिएको छ ।
उक्त कोणसभामा आठ दलका नेताहरूले संबोधन गरेका छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया