नबिल बिजनेस व्यवस्थापनका हिसाबले सबैभन्दा उत्कृष्ट छ

नेपाली बैंकिङ क्षेत्रमा सन् १९८४ देखि वित्तीय कारोबार सञ्चालन गरेको नबिल बैंक आजको दिनसम्म आइपुुग्दा अगुवा बैंकका रूपमा स्थापित छ । सबैजसो आर्थिक वर्षहरूमा नबिल बैंकको नाफा एवं वित्तीय परिसूचकहरू निकै नै सबल देखिने गरेका छन् ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण पनि सार्वजनिक भइसकेको छ । जसमा अहिले पनि विभिन्न सूचकमा नबिल अब्बल देखिएको छ । बैंकको बढ्दो मुनाफा, रणनीति, भावी योजनालगायत विषयमा केन्द्रित रहेर नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ) सुजितकुमार शाक्यसँग नेपालवाचले गरेको संवाद :
चालु आर्थिक वर्ष (आव)को वित्तीय विवरणअनुसार नाफाको हिसाबले नबिल तेस्रो नम्बरमा छ । तरलता अभावको समयमा पनि नाफा कमाउन कसरी सफल हुनुभयो ?
दोस्रो त्रैेमासमा हाम्रो बैंकको खुद ब्याज आम्दानी र शुल्कमा राम्रो वृद्धि भएको छ भने कर्जा नोक्सानको प्रावधानलाई पनि विवेकपूर्ण रूपमा हेरेका छौं । बैंकको नाफा बढ्नुमा अर्को कारण शाखा बैंकिङ पनि हो । हामीले नयाँ बिजनेस ग्रोथ रिटेल बैकिङ सेवामार्फत गरिरहेका छौं । रिटेल बैंकिङको बिजनेस शाखा कार्यालयहरूबाट हुन्छ । हामीले शाखा कार्यालयहरूमा साना तथा मझौला कर्जाहरू प्रवाह गरेर धेरैभन्दा धेरै ग्राहकलाई जोड्न सफल भएका छौं । त्यसबाट पनि बैंकको नाफा बढ्नमा सहयोग पुगेको छ ।
धेरैले नबिलले ठूला व्यवसायीहरूलाई मात्र ठूलो परिमाणमा लगानी गर्छ, शाखामार्फत व्यवसाय गर्दैन भन्ने थियो । वास्तबमा त्यो सही बुझाइ थियो । पछिल्लो समयमा नबिलले त्यो प्रणालीलाई परिवर्तन गरेर सबै ग्राहकहरूसम्म पुग्ने गरी बैंकिङ सेवा दिइरहेको छ
२-३ वर्ष अगाडि फर्कने हो भने नबिलको शाखा कार्यालयहरू धेरै थिएन । केही बैंकहरू मात्र सञ्चालित थियो । अहिले नबिल बैंकको देशभर शाखा सञ्जाल विस्तार भइसकेको छ । पहिले नबिल बैंकले निश्चित ग्राहक र ठूला व्यापारीहरूसँग मात्र कारोबार गथ्र्यो । कर्पोरेटजस्तै ठूला–ठूला कर्जाहरू मात्र प्रवाह हुन्थ्यो ।
धेरैले नबिलले ठूला व्यवसायीहरूलाई मात्र ठूलो परिमाणमा लगानी गर्छ, शाखामार्फत व्यवसाय गर्दैन भन्ने थियो । वास्तबमा त्यो सही बुझाइ थियो । पछिल्लो समयमा नबिलले त्यो प्रणालीलाई परिवर्तन गरेर सबै ग्राहकहरूसम्म पुग्ने गरी बैंकिङ सेवा दिइरहेको छ । गत वर्ष मात्रै नबिलले ११९ वटा शाखा कार्यालयहरूबाट साना तथा मझौला उद्यम व्यवसायमा कर्जाहरू प्रवाह गर्न थाल्यो । जसले गर्दा साना लगानीका ग्राहकलाई नबिलले भित्र्याउन सफल भयो । हामीले स–साना कर्जाहरूमा केन्द्रिकृत ग¥यौं ।
अर्को कुरा, हाम्रो स्थिर दायित्त्व पोर्टफोलियो र प्रभावकारी सम्पत्ति दायित्व व्यवस्थापनले गर्दा हामीले यो सफलता हासिल गर्न सकेका छौं । हामीले जस्तो अपेक्षा गरेका थियौं, त्यस्तै सफलता आज बैंकले हासिल गरेको छ ।
चालु आवको दोस्रो वित्तीय विवरणअनुसार नबिल एनआइसी एशिया र ग्लोबलसँग प्रतिस्पर्धामा देखिन्छ । अहिलेको वित्तीय विवरणअनुसार नबिललाई कुन स्थानमा हेर्न सकिन्छ र ?
अहिले सबै बैंकहरूले आ–आफ्नो रणनीतिहरू अगाडि सारिरहेका छन् । बैंकहरूले आ–आफ्नो उत्कृष्टता प्रस्तुत गरिरहँदा म के भन्न चाहन्छु भने नबिल बैंक आफ्नो बिजनेस व्यवस्थापनको हिसाबले उत्कष्ट बैक हो । नबिल बैंकले बिजनेसमा योजनाअनुसार वृद्धि गरिरहेको छ । पुँजीको हिसाबले पनि सबैभन्दा बलियो बैंक नबिल नै हो । त्यसैगरी, प्रतिस्पर्धी बैंकहरूसँग तुलना गर्ने हो भने पनि नबिल उत्कृष्ट बैकमा गनिन्छ ।
हाम्रो स्थिर दायित्त्व पोर्टफोलियो र प्रभावकारी सम्पत्ति दायित्व व्यवस्थापनले गर्दा हामीले यो सफलता हासिल गर्न सकेका छौं । हामीले जस्तो अपेक्षा गरेका थियौं, त्यस्तै सफलता आज बैंकले हासिल गरेको छ
जसको सबैभन्दा कम कोष लागत र आधार दरलाई हेर्ने हो भने पनि नबिल अगाडि छ । शाखा कार्यालय र कर्मचारीका हिसाबले पनि नबिल सबैभन्दा बलियो बैंक हो । बैंकिङ क्षेत्रमा नबिल बैंक सबैभन्दा कुशल, उत्कृष्ट र व्यवस्थापनको हिसाबले पनि अरु बैंकको तुलानमा अब्बल छ ।
नबिल अरू बैंकभन्दा पृथक र उत्कृष्ट छन् भन्नुभयो । यसका आधारहरू के–के हुन् ?
नेपाली बैंकिङ क्षेत्रमा एक छुट्टै बलियो इतिहास छ नबिलको । यो देशकै पहिलो निजी स्वामित्वको बैंक हो । नबिल लामो समयदेखि मुनाफामा पनि नम्बर वान हुँदै आएको छ । हामीले बैंकिङ क्षेत्रमा श्रृंखलाबद्घ रूपमा नवीनतम् सेवाहरू ल्याइरहेका छौं । वर्षौंदेखि ग्राहक तथा स्टेकहोल्डरहरूले हामीलाई गर्दै आएको विश्वास सरहनीय र अद्वितीय छ ।
नबिलले रिटेल बैकिङ सुरु गरेको मात्र २ वर्ष भयो । कतिपय बैंकले ५-६ वर्ष अगाडिदेखि नै यो सेवा सुुरु गरेको पाइन्छ । तैपनि बजारमा ब्राण्डको हिसाबले हेर्ने हो भने कुन बैंक उत्कृष्ट भनेर भन्दा आजको दिनसम्म मानिसहरूले नबिललाई नै मान्छन् । हाम्रो ब्राण्ड भ्यालु बलियो छ ।
नबिल बैंक आफ्नो बिजनेस व्यवस्थापनको हिसाबले उत्कष्ट बैक हो । नबिल बैंकले बिजनेसमा योजनाअनुसार वृद्धि गरिरहेको छ । पुँजीको हिसाबले पनि सबैभन्दा बलियो बैंक नबिल नै हो
हाल बैंकले वितरण गरेको ३८ प्रतिशत लाभांश, बैंकले आफ्नै पुँजीबाट आर्जन गरको नाफालाई हेर्न हो भने साच्चै बैंकलाई पहिलो नम्बरमा राख्न सकिन्छ । पछिल्ला दिनहरूमा हामी डिजिटल सर्भिसमा केन्द्रिकृत छौं । धेरैभन्दा धेरै मानिसहरूबीच पुग्न बैंकले भर्चुअल प्लेटफर्मलाई माध्यम बनाएको हो । जस्तो कि, बैंकले तल्लो वर्गका उद्यमीहरूसँग नजिक भएर काम गर्न, उनीहरूको उद्यमशीलताको क्षमता विकास र व्यवसायमा वित्तीय लगानी प्रदान गर्न सामाजिक व्यापार मोडलको अवलम्बन गरेको छ ।
नबिलले बजार विस्तार निम्ति के–कस्ता रणनीति अपनाइरहेको छ र ?
देशैभर डिजिटल बैंकिङ विस्तार गर्ने हाम्रो मुख्य रणनीति हो । आगामी वर्षहरूमा आफ्नो डिजिटल बैंकिङ्ग क्षमतालाई तीव्र विस्तार गर्ने रणनीति हाम्रो छ । जनसांखीय र भौगोलिक भूभागलाई ध्यानमा राखेर सबै क्षेत्रमा बैंकिङ सेवा पु¥याउने रणनीति बैंकले लिएको छ । त्यसअनुसार बैंकले शाखाहरू विस्तार गर्दै लैजाने छ ।
शाखा कार्यालय र कर्मचारीका हिसाबले पनि नबिल सबैभन्दा बलियो बैंक हो । बैंकिङ क्षेत्रमा नबिल बैंक सबैभन्दा कुशल, उत्कृष्ट र व्यवस्थापनको हिसाबले पनि अरु बैंकको तुलानमा अब्बल छ
बैंकले हालै मात्र नेपाल बंगलादेश ९एनबी० बैंक लिमिटेडलाई एक्विजेसनको लागि एमओयूमा हस्ताक्षर गरेको छ । नबिलले एनबीलाई प्राप्ति गर्दा नबिलको बजार हिस्सा बढ्ने छ । आगामी दिनमा नबिल बैंकले उत्पादनशील क्षेत्र कर्जा र साना तथा मझौला उद्यम ९एसएमई० प्रवद्र्धनमा जोड दिने रणनीति छ । बैंकले थप वित्तीय समावेशीकरण र बचत परिचालनका लागि नयाँ बजारमा पनि प्रवेश गर्ने रणनीति अघि सारेको छ ।
अहिले देशभर नबिलको ग्राहक संख्या कति पुग्यो रु मोबाइल बैंकिङको पहुँचको स्थिति के छ ?
आजको दिनसम्म आइपुग्दा नबिलको ग्राहक संख्यामा उल्लेख्य वृद्धि छ । २ वर्षभित्रमा नबिलले आफ्नो ग्राहक संख्या ५ लाखले वृद्धि गरेको छ । आजभन्दा २ वर्षअगाडि मात्र हेर्ने हो भने नबिलको ग्राहक संख्या ६ लाख मात्र थियो । अहिले बढेर ११ लाख पुगिसकेको छ । त्यस्तै, अहिले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ७ लाख पुगिसकेको छ ।
अरू बैंक भन्दा नबिललाई नै सेवाग्राहीले किन रोज्ने रु सेवाग्राहीलाई आकर्षित गर्न के–कस्ता योजना आउँदै छन् र ?
नबिल बैंकको ब्राण्डले नै बलियो छ । हामीसँग जोडिएपछि ग्राहकले आफ्ना वित्तीय योजनाहरू अझ स्थिर, वित्तीय वातावरणमा कार्यान्वयन भएको अनुभव गरेका छन् ।
नबिलले रिटेल बैकिङ सुरु गरेको मात्र २ वर्ष भयो । कतिपय बैंकले ५-६ वर्ष अगाडिदेखि नै यो सेवा सुुरु गरेको पाइन्छ । तैपनि बजारमा ब्राण्डको हिसाबले हेर्ने हो भने कुन बैंक उत्कृष्ट भनेर भन्दा आजको दिनसम्म मानिसहरूले नबिललाई नै मान्छन् । हाम्रो ब्राण्ड भ्यालु बलियो छ
नबिल बैंकले प्रतिस्पर्धी मूल्य निर्धारण संरचनामा उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले आफ्नो प्राविधिक क्षमता अभिवृद्धि गरी ग्राहकलाई उच्चतम स्तरको अनुभव प्रदान गर्न महत्त्वपूर्ण लगानी गरिरहेको छ । डिजिटल बैंकिङ डोमेनमा प्रवेश गर्दा ग्राहकहरूको पहुँचमा सहजता र तिनीहरूको वित्तीय कारोबारको सुरक्षा यी दुई प्रमुख पक्ष हुन् जसले नबिल बैंकमा बढीभन्दा बढी ग्राहकहरूलाई आकर्षित गर्नेछ ।
बैंकका भावी योजना के–के छन् र ?
हाम्रो भावी योजना नबिल बैंकलाई व्यावसायिक संस्था मात्र नभर सामाजिक वित्तिय संस्थाको रूपमा निर्माण गर्दै जाने छ । तपाईंहरूले पनि देख्न सक्नु हुन्छ, हामीले ग्रामीण क्षेत्रका उद्यमीहरूसम्म पुग्नको लागि दिगो बैंकिङ व्यवसायको मोडेललाई प्राथमिकता दिएका छौं ं। हामीले देशभरबाट नयाँ सामाजिक उद्यमशीलता विकास गर्नको लागि ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ सुरु गरेको छौं ।
हामी हाम्रो समुदायहरूमा रोजगारी, अधिक मूल्य उत्पादन, र आत्म–स्थायित्वलाई बढावा दिन उद्यमशीलता शंखलाको तल्लो भागमा रहेका मानिसहरूसम्म पुग्नको लागि कार्ययोजना गरिरहेका छौँ ।
नबिलले एनबीलाई प्राप्ति गर्दा नबिलको बजार हिस्सा बढ्ने छ । आगामी दिनमा नबिल बैंकले उत्पादनशील क्षेत्र कर्जा र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धनमा जोड दिने रणनीति छ । बैंकले थप वित्तीय समावेशीकरण र बचत परिचालनका लागि नयाँ बजारमा पनि प्रवेश गर्ने रणनीति अघि सारेको छ
देशले पनि डिजिटल टेक्नोलोजीको प्रयोगमा सफलता प्राप्त गरिरहेको छ । हामीले नबिल बैंकलाई अझ सजिलो, पहुँच र सहज ग्राहक अनुभवलाई लक्षित गर्दै डिजिटल बैंकमा रूपान्तरण गर्दैछौं । प्रविधिको अवलम्बनले बैंकभित्रका सबै क्षेत्रहरूमा दक्षता बढाउने र हाम्रा ग्राहकहरूको लागि दक्षता बढाउने अपेक्षा गरिएको छ, जसले अन्ततः सबैका लागि बैंकिङलाई सरल, थप पहुँचयोग्य र थप प्रभावकारी बनाउनेछ ।
नबिल बैंकले निरन्तर रूपमा प्रविधिमा आधारित रहेर नयाँ उत्पादन, योजना र सुविधाहरू ल्याउने गरेको छ । हामीले भिडियो केवाइसीमार्फत अनलाइन खाता खोल्ने, भर्चुअल कार्ड, क्युआर कोडमार्फत भुक्तानी, मोबाइल बैंकिङजस्ता प्रविधिलाई सुरु गरिसकेका छौं ।
हामीले डिजी बैंक सञ्चालनमा ल्याएका छौं । जुन अहिले नबिलको वेबसाइटमा पनि हेर्न सक्नुहुनेछ । त्यस्तै, नबिलको मोबाइल बैंकिङ एपअन्र्ततग नबिल स्मार्ट बैंक भन्ने एप सञ्चालनमा छ । यो पोर्टलको माध्यमबाट ग्राहकले भिडियो केवाइसीमार्फत खाता खोल्न, फिक्स्ड डिपोजिट खोल्न, क्रेडिट कार्ड, नयाँ वा प्रतिस्थापन डेबिट कार्डको लागि अनुरोध गर्न, एसमई लोन निवेदन दिन, बिल तिर्नलगायत अन्य कार्यहरू गर्न सक्नेछन् । हामी डिजी बैंक पोर्टलमा अझै नयाँ कुराहरू थप्दै जाने क्रमलाई निरन्तर दिनेछौं ।
प्रतिक्रिया