थप एक हजार ३६९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ११ हजार ८८० को नमूना परीक्षण गर्दा एक हजार ३६९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आठ हजार हजार ८८० को पीसीआर र तीन हजारको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा दुई हजार २३८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ३० हजार ६०७ पुगेको छ । निको हुने दर ९५ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट नौ लाख ७१ हजार ४७५ र एन्टीजेन विधिबाट परीक्षण गर्दा एक लाख ३६ हजार ५११ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५३ लाख १२ हजार ४४२ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या १० लाख सात हजार २३४ पुगेको छ । कूलमा सङक्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।
कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा दुई लाख २० हजार ६०१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार चार रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८६४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३९० दशमलव पाँच रहेको छ ।
हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३२ र आइसियुमा २२५ रहेको छ । होमआइसोलेसनमा २७ हजार ९३०, संस्थागत आइसोलेसनमा एक हजार ७४ र क्वारेन्टिनमा १३३ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, बाँके, रुपन्देही, र कैलाली रहेका छन् । दुई सयभन्दा बढी उपचारार्थ सङ्क्तमण रहेका जिल्लामा सिरहा, सप्तरी, पर्सा, बारा, महोत्तरी, सर्लाही, धादिङ, नवलपरासीपूर्व, स्याङ्जा, बागलुङ, तनहुँ, पाल्पा, बर्दिया, दाङ, र कञ्चनपुर छन् । हाल शून्य सङ्क्रमित रहेको एक मात्र जिल्ला मनाङ रहेको छ ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार १७०, ललितपुरमा तीन हजार ४३१ र भक्तपुरमा एक हजार ४६४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । -रासस
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया