कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएकाे छ ।
बिहीबारबाट सुरु भएको बैठक आज दिउँसो २ बजे पुनः बस्न लागेको हो ।
बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पेरेसन (एमसिसी) स्थानीय तहको निर्वाचन, भ्रातृ संस्थाहरूको अधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस स्रोतले जनाएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
एमसिसीबारे सत्ता साझेदार दलहरूबीच खटपट भइरहेको बेला कांग्रेसभित्र भने एकमत देखिएको छ । एमसिसी अगाडि बढाउनुपर्ने निष्कर्ष कांग्रेस बेठकले निकालेको जनाइएको छ । एमसिसीबारे बैठकमा आज पनि सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया