ओमानले दियो नेपाललाई १३६ रनको मध्यम लक्ष्य
काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपाल र ओमानबीच अहिले खेल जारी छ ।
यसैबीच, आयोजक ओमानले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ ।
अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन जोडेको छ । ओमानले नेपाललाई १३६ को मध्यम लक्ष्य दिएको छ ।
नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारेक छन् ।
केहीबेरपछि नेपालले ब्याटिङ गर्नेछ ।
पहिलोपटक कप्तानी गर्दै सन्दीप, ओमानविरुद्ध टस जितेर बलिङ रोजे
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया