दोस्रो खेलमा नेपाल पराजित, युएईले २५ रनले हरायो
काठमाडौं । चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाललले आयोजक ओमानलाई ६ विकेटले हराएको थियो । तर, आज भने नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १९३ रनको विशाल लक्ष्य नेपालले पूरा गर्न सकेन । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १६७ रन जोड्न मात्र जोड्न सक्यो ।
शुक्रबार ओमानविरुद्ध ७३ रन बनाउँदै अर्धशतकीय पारी खेलेका दीपेन्द्रसिंह ऐरीले आज पनि राम्रो प्रदर्शन गरे । ३३ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ४१ रन जोडे पनि त्यो नेपालको जितका लागि पर्याप्त भएन ।
यस्तै, आसिफ शेखले ३४ रन बनाए भने डेब्यू गरेका लोकेश बमले ३३ रनको योगदान गरे ।
त्यसैगरी, ज्ञानेन्द्र मल्लले २२ रन बनाउँदा आरिफ शेखले ११ रन र शरद भेषावकले १० रन जोडे ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।
नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ र साहेब आलमले १–१ विकेट लिए ।
यससँगै सन्दीपको टि–ट्वान्टी अन्तर्राष्ट्रिय २८ खेलमा ४९ औं विकेट लिएका हुन् ।
सन्दीपले शुक्रबार पहिलोपटक नेपालको कप्तानी गरेका हुन् । त्यसमा जित निकालेका थिए । दोस्रो खेलमा भने उनले टोलीलाई जिताउन सकेनन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया