‘चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोरोना खोप’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसअनुसार चारदेखि १२ वर्षसम्मका बालबालिकालाई छिट्टै कोभिडविरुद्धको खोप लगाइने बनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री पौडेलले कोभिडको तेस्रो लहरका कारण शिक्षा क्षेत्र प्रभावित भए पनि शैक्षिकसत्रमा प्रभाव नपर्ने गरी प्रबन्ध गरिएको बताए । मन्त्री पौडेलले भने, ‘शैक्षिकसत्र क्षति नहुने गरी एसइईको परीक्षा तालिका सार्वजनिक गरेका छौं । स्थानीय तहको चुनावलगत्तै प्लस टुको परीक्षा गर्छौं । सबै विद्यार्थीहरुलाई खोपको व्यवस्था गरेका छौं ।’
उनले आफू मन्त्री भएपछि १८ हजार शिक्षकको पदपूर्ति तथा बढुवाको प्रक्रिया सुरु भएको, सार्वजनिक शिक्षा सुधारका लागि योजना बनाइएको, चर्को शुल्क लिने मेडिकल कलेजलाई सचेत गराइएको, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय जमलमा निर्माण गर्न लागिएको, त्रिविको परीक्षा प्रणालीमा सुधार गरिएको र शिक्षक अस्पताल चितवनमा निर्माण हुने निश्चित गराइएको बताए ।
मन्त्री पौडेलले उच्च शिक्षा, सङ्घीय शिक्षा, प्राविधिक शिक्षा ऐन ल्याउन संसद्को गतिरोध सहज हुनेबित्तिकै छलफलका लागि पठाइने जनाउँदै सबै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार र ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन लागिएको उल्लेख गरे । उनले आगामी आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गराइने प्रतिबद्धता पनि व्यक्त गरे ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया