१८ राष्ट्रसेवक सम्मानित
काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठन, पाँचथरले १८ अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको छ । शनिबार फिदिममा आयोजित उक्त सङ्गठनको ११ औँ अधिवेशनका अवसरमा सङ्गठनले सेवानिवृत्त भएका तथा लामो समयदेखि सेवारत रहेका अग्रज राष्ट्रसेवकलाई सम्मान गरेको हो ।
सम्मानित भएकाहरूलाई सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, नेकपा (एमाले) पाँचथरका अध्यक्ष राजकुमार भण्डारीलगायतले सम्मानपत्र, मायाको चिनो र खादा लगाइदिए ।
सम्मानित हुनेमा शर्मिला खापुङ, राधाकृष्ण खनाल, सूर्य अधिकारी, केदारनाथ रिजाल, खड्गबहादुर बोहोरा, देउमान कन्दङ्वा, ठाकुरप्रसाद सुवेदी, चन्द्रप्रसाद भट्टराई, शेरबहादुर खड्का, नन्द धमला, उद्धव गौतम, जयप्रसाद तुम्बापो, देवी हुमागाईँ, हेटनारायण श्रेष्ठ, प्रेमकुमार भट्टराई, देउकुमारी राई, प्रेम ओझा र कौशिला आङ्देम्बे छन् । उनीहरूले राष्ट्रसेवाका हितमा पु¥याएको योगदानको सम्मान र स्मरणका लागि सम्मान गर्ने परम्पराको थालनी गरिएको सङ्गठनका निवर्तमान अध्यक्ष प्रकाश अधिकारीको भनाइ छ ।
अधिवेशनले प्रेमबहादुर काफ्लेका अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तीर्थ मिश्र र सरस्वती शिवाकोटी, सचिवमा मिलन राई, सहसचिवमा सुवर्ण केदेम र कोषाध्यक्षमा कुलबहादुर थापा निर्वाचित भएका छन् ।
यस्तै, समितिका सदस्यमा ज्ञानबहादुर अधिकारी, पदमबहादुर नेम्वाङ, जयराम दाहाल, दधिराम चापागाईँ, छिरिङ शेर्पा, दोनुसा थाम्सुहाङ, एलिसा उप्रेती, खेम थापा, युवराज माबो, बेदप्रसाद मिश्र, प्रकाश तामाङ, चन्द्रप्रकाश राई, निर्मल खाती र भुवन पासवान छन् ।
अधिवेशनले सङ्गठनका केन्द्रीय प्रतिनिधिमा रीता खत्री, जीवन भण्डारी, सुरेश अधिकारी, प्रकाश अधिकारी र सदनकृष्ण पौड्याललाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा कल्पना अधिकारी, प्रदीप अधिकारी, बेदनिधि खनाल र ऋषिराज पराजुलीलाई चयन गरेको छ ।
सङ्गठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन सत्रलाई सङ्गठनको एमाले जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीसहित वक्ताहरूले शुभकामना व्यक्त गरेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया