उत्तरपूर्वी चीनमा बस विस्फोट, एकको मृत्यु, ४२ घाइते
काठमाडौं । उत्तरपूर्वी चीनमा शनिबार एउटा बस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते छन् ।
अनलाइन प्रसारण दृश्यमा सडक छेउको गाडीको झ्याल टुक्रा–टुक्रा भएको देखाइएको छ भने भग्नावशेषहरू चारैतिर छरिएका राज्य सञ्चालित प्रसारक सिटिभीले बताएको छ ।
लियोनिङ प्रान्तको शेनयाङ शहरमा भएको विस्फोटबाट एक जनाको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका स्थानीय सार्वजनिक सुरक्षा अधिकारीको भनाइ छ ।
शेन्याङ अधिकारीका अनुसार अन्य ४० जना सामान्य घाइते छन् ।
सामाजिक सञ्जालमा प्रसारित अर्को भिडियो क्लिपमा विस्फोटनको कारण मानिसहरू बसनजिकै सडक छेउ बसिरहेका देखिएका छन् । विस्फोटनको कारणबारे जाँच भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया