जिन्स पाइन्टमा सानो पकेट किन हुन्छ ?

काठमाडौं । समयअनुसार पहिला र अहिलेको फेसनमा धेरै भिन्नता छ । आजभोली अझ फेसन छिटो छिटो फेरिँदै गएको छ ।
फेसन भन्नेवित्तिकै आउने जिन्सको पनि समयसँगै डिजाइन, लुक, सामग्रीमा परिवर्तन देखिन थालेकाे छ । जिन्स हरेक मानिसको रोजाइमा पर्छ । जिन्समा हुने एउटा सानाे पकेटलाई यसकाे विशेष आकर्षक र पहिचान मानिन्छ ।
जिन्सको सानो पकेटलाई वाच पकेट भनिन्छ । सुरुमा पुरुषहरुले आफ्नो खल्तीमा घडीहरु राख्नका लागि बनाइएको थियो । लेवी स्ट्रस ब्लगका अनुसार, सुरुमा नीलो जिन्सको जोडीमा ४ वटा पकेटहरु थिए, जसमा पछाडि एक, अगाडि २ र अर्को एक वाच पकेट थियो ।
पछि यसलाई धेरै नामले चिन्न थालियो । जस्तैः फ्रन्टियर पकेट, कन्डम पकेट, सिक्का पकेट, म्याच पकेट र टिकट पकेट आदि । स्ट्रस र डेभिसले सुरुमा ब्राउन डक र ब्लु डेनिममा २ प्रकारका जिन्स बनाएका थिए । खानीमा काम गर्ने मजदुरहरुले जिन्स पाइन्ट लगाउन सुरु गरेपछि खल्ती बलियो बनाउन तामाका बटनहरु टाँस्न थालिएको थियो ।
उनीहरुले पटकपटक खल्ती च्यातिएको गुनासो गरेपछि बलियो बनाउन त्यसको सुरुवात गरिएको थियो । तिनीहरुको समस्या समाधान गर्न र पकेटहरु बारम्बार च्यातिनबाट रोक्न जिन्समा तामाको रिभेटहरु जडान गर्न थालिएको हो ।
सामान्यतया बजारमा ८ प्रकारका जिन्स सबैभन्दा बढी बिक्री हुने गरेको छ । जसमा न्यारो जिन्स, टेपर्ड, स्लिम फिट, स्किनी, स्ट्रेट लेग, बुटकट, बेलबटम जिन्स रहेका छन् ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया