बोतलको पानीले स्तन क्यान्सर हुने खतरा

काठमाडौं । बोतलको पानी स्वास्थ्यका लागि राम्रो होइन । गर्मीमा यो बढी हानिकारक हुन्छ । अहिले पानीका जारहरू अनाहक रूपमा प्रयोग भइरहेका छन् । उच्च तापक्रमका कारण माइक्रो प्लास्टिक पानीमा मिसिन्छ । यसरी पानी लामो समयसम्म प्रयोग गरेमा स्तन क्यान्सर हुन सक्छ र महिलाको प्रजनन प्रणाली पनि प्रभावित हुन सक्छ ।
एन्डोक्राइनोलोजिस्टहरु भन्छन्, ‘माइक्रोप्लास्टिकका धेरै साइड इफेक्टहरू छन् । यसले हर्मोनको वृद्धिमा प्रतिकूल असर गर्छ । थाइराइड भएका महिलाहरुमा झन् धेरै समस्या बढ्छ ।
माइक्रो प्लास्टिकलाई नाङ्गो आँखाले देख्न सकिँदैन । तर प्लास्टिकको बोतल प्रयोग गर्दा तिनीहरू सजिलैसँग तन्तु, रगत र शरीरका अन्य अंगहरूमा प्रवेश गर्छन् ।
यति मात्र होइन, यी माइक्रोप्लास्टिक गर्भवती महिलाबाट नवजात शिशुमा पनि सर्छ । माइक्रोप्लास्टिकका कारण महिनावारी समयमा नहुने पनि अनुसन्धानले देखाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया