बोतलको पानीले स्तन क्यान्सर हुने खतरा
काठमाडौं । बोतलको पानी स्वास्थ्यका लागि राम्रो होइन । गर्मीमा यो बढी हानिकारक हुन्छ । अहिले पानीका जारहरू अनाहक रूपमा प्रयोग भइरहेका छन् । उच्च तापक्रमका कारण माइक्रो प्लास्टिक पानीमा मिसिन्छ । यसरी पानी लामो समयसम्म प्रयोग गरेमा स्तन क्यान्सर हुन सक्छ र महिलाको प्रजनन प्रणाली पनि प्रभावित हुन सक्छ ।
एन्डोक्राइनोलोजिस्टहरु भन्छन्, ‘माइक्रोप्लास्टिकका धेरै साइड इफेक्टहरू छन् । यसले हर्मोनको वृद्धिमा प्रतिकूल असर गर्छ । थाइराइड भएका महिलाहरुमा झन् धेरै समस्या बढ्छ ।
माइक्रो प्लास्टिकलाई नाङ्गो आँखाले देख्न सकिँदैन । तर प्लास्टिकको बोतल प्रयोग गर्दा तिनीहरू सजिलैसँग तन्तु, रगत र शरीरका अन्य अंगहरूमा प्रवेश गर्छन् ।
यति मात्र होइन, यी माइक्रोप्लास्टिक गर्भवती महिलाबाट नवजात शिशुमा पनि सर्छ । माइक्रोप्लास्टिकका कारण महिनावारी समयमा नहुने पनि अनुसन्धानले देखाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया