डोटीमा शुक्रबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध
डोटी । शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ ।
बुडर इलाका प्रहरी कार्यालयका अनुसरा शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्यालेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सवस्टेसनले जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए ।
यसैगरी शुक्रबारको हावाहुरीका कारण जिल्लाका दजनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया