५२१ कोरोना संक्रमित थपिए, ३९३५ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो ।
६ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५६ हजार १२ रहेको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियुमा १८१ रहेको छ । होम आइसोलेशनमा २१ हजार ६९२, संस्थागत आइसोलेशनमा ८९२ र क्वारेन्टिनमा ११८ रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १५० मा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा सात हजार ९७, ललितपुर ४४ र भक्तपुरमा नौ जनामा सङक्रमण देखिएको छ ।

हाल देशभर कूल तीन करोड ५३ लाख १५ हजार ७१५ खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ ।
बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया