एमसिसी अगाडि बढाउन सकिँदैन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नसकिने बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले आफूहरु असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने हुँदा उक्त परियोजनामा विभिन्न आशङ्का कायमै भएकाले मुलुकलाई कुनै पनि नाममा रणभूमि बनाउन नहुने बताए ।
जनताको हित र समाज कल्याणका लागि आफ्नो पार्टी क्रियाशील रहेकाले मुलुकको राजनीतिमा पार्टीले विशिष्ट भूमिका निर्वाह गरी समाजवादको यात्रामा निरन्तर अगाडि बढेको उनले बताए । पूर्वप्रधानमन्त्री नेपालले आफूहरुले निर्माण गरेको पार्टी दक्षिणपन्थी अवसरवादको दलदलमा जकडिएपछि सुध्रने लक्षण नदेखेर कम्युनिष्ट आन्दोलनको निरन्तरतास्वरूप विद्रोह गर्नुपरेको बताउँदै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले तरङ्ग पैदा गरेको उल्लेख गरे ।
वर्तमान गठबन्धन तीन तहको निर्वाचनमा मिलेर जान पटक पटक छलफल भएको भन्दै नेता नेपालले प्रतिगामीहरुको विरुद्धमा मोर्चाबन्दी हुने र त्यस्तो मोर्चा केही दिन अगाडि भएको राष्ट्रियसभा निर्वाचनले लक्षित गरिसकेकाले सम्पूर्ण नेता तथा कार्यकर्तालाई उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा लाग्न निर्देशन दिए ।
पार्टीको केन्द्रीय कार्यालयमा आज नेकपा (एमाले) मधेस प्रदेश कमिटी सदस्य नरबहादुर स्याङ्तान, नेता तेजप्रसाद अधिकारी, सुवर्णप्रसाद पौडेल र जसपाका नेता जयकुमार झालाई टीका र खादा लगाई स्वागत गरिएको थियो । कार्यक्रममा नेता स्याङ्तानले एमाले अब कम्युनिष्ट नरहेको भन्दै सबै इमान्दार नेता तथा कार्यकर्ताहरुलाई त्यो भ्रमबाट मुक्त हुन र एकीकृत समाजवादीमा समाहित हुन आग्रह गरे ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया