एपीएफ र सङ्कटाको खेल बराबरीमा सकियो
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली नेपाल एपीएफ फुटबल क्लब र सङ्कटा क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग भने गर्न सकेनन् । यस बराबरी खेलसँगै सङ्कटा १० खेलबाट १५ अङ्क जोडेर अङ्क तालिकाको पाँचौं स्थानमा उक्लिएको छ भने समान खेल खेलको एपीएफ ११ अङ्क जोडेर अङ्क तालिकाको नवौँ स्थानमा यथावत रहेको छ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया