४८ घण्टाभित्र बैठक गर्न रुसलाई युक्रेनको आह्वान
काठमाडौं । युक्रेनले आगामी ४८ घण्टाभित्र बैठक डाक्न रुस र एउटा मुख्य युरोपेली सुरक्षा संगठनलाई आह्वान गरेको छ ।
आफ्नो सीमामा सैनिक तैनाथीबारे रुस प्रतिक्रियाविहीन रहेका बेला युक्रेनले यस्तो आह्वान गरेको हो ।
भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे युक्रेनले जवाफ खोजेको बताइएको छ।
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबालाई उद्धृत गर्दै बिबिसीले रुसी योजनाबारे जान्न बैठक माग गरेको जनाएको छ ।
पछिल्लो समय रुसले युक्रेनतर्फको सीमामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । केही पश्चिमा मुलुकले हमलाका लागि तयारी गरिरहेको आशंका गरेका छन् तर रुसले अस्वीकार गर्दै आएको छ ।
यही त्रासबीच झण्डै एक दर्जन मुलुकले रुस र युक्रेन छाड्न आफ्ना नागरिकलाई अपिल गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया