मतदान अधिकृतलाई आयोगको अपिल, वर्णानुक्रममा मतदाताको नाम नभेटिए यस्तो गर्नु
काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावलीमा मतदाताको नाम वर्णानुक्रमअनुसार भएको हुँदा क्रम संख्या नमिल्न सक्ने जनाएको छ ।
मतदाता परिचयपत्रमा रहेको क्रमसंंख्या र मतदाता नामावलीमा रहेको क्रमसंख्या नमिल्ने हुँदा यस्तो अवस्थामा सहजीकरण गर्न निर्वाचन अधिकृतलाई अपिल गरेको छ ।
यस्तो अवस्थामा क्रम संख्या उल्लेख भएको कार्डमा उक्त मतदान केन्द्रमा कुन वर्णानुक्रमदेखि कुन वर्णानुक्रमसम्मका मतदाताले मतदान गर्ने हुन् त्यसबारे सम्बन्धित केन्द्रको मतदाता नामावलीमा पहिलो क्रममा रहेका मतदाताको नाम र अन्तिम क्रममा रहेको मतदाताको नाम समेत उल्लेख गर्न अपिल गरिएको छ ।
आयोगका अनुसार मतदाताको नाम टाइप गर्दा कमा, धर्को वा कुनै पनि चिह्न भएको कारण कतिपय मतदाताको नाम वर्णानुक्रममा नरहेको र ती नाम अन्तिममा छपाइ भएको छ ।
यसरी वर्णानुक्रममा नाम नभेटिएका मतदाताको नाम सबैभन्दा अन्तिम केन्द्रमा पर्ने आयोगले जनाएको छ । यस्ता मतदातालाई समयमै यकिन गरी मतदान कार्यको व्यवस्थापनलाई सहज बनाउन आयोगले निर्वाचन अधिकृतलाई अपिल गरेको हो ।
सामान्यतया एकै मतदानस्थलमा एकभन्दा बढी मतदान केन्द्र रहेको अवस्थामा मतदातालाई आफ्नो नाम कुन केन्द्रमा रहेको छ भन्ने थाहा हुँदैन । वर्णानुक्रममा नाम नमिलेको हुँदा आयोगले पहिलो र अन्तिम क्रमसंख्यामा भएको नाम पनि उल्लेख गर्न सुझाएको हो । यस्तो अवस्थालाई सहजीकरण गर्न मतदान केन्द्रको बाहिर मतदाता क्रमसंख्या लेखेको कार्ड टाँस्ने व्यवस्था छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया