मोदीको भ्रमण तालिका : मायादेवीमा प्रार्थना, सभाहलमा सम्बोधन
काठमाडौं । भारतीय प्रधामन्त्री नरेन्द्र मोदी आउँदो सोमबार पाँचौपटक नेपाल भ्रमणमा आउने भएका छन् । बुद्ध जयन्तीको छेकोमा मोदी लुम्बिनी भ्रमणमा आउन लागेका हुन् ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमण तालिका सार्वजनिक गरेको छ ।
भ्रमणको दौरान मोदी मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागी हुनेछन् । जहाँ उनका नेपाली समकक्षी शेरबहादुर देउवा पनि हुनेछन् ।
देउवा र मोदीले लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने अर्को कार्यक्रम पनि राखिएको छ । पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने विशेष समारोहलाई पनि दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
भेटमा दुई प्रधानमन्त्रीबीच आपसी हितका विषयमा वार्ता हुने जनाइएको छ । प्रधानमन्त्री देउवाले भ्रमणमा रहेका प्रतिनिधिमण्डलको दलको सम्मानमा दिवाभोजको आयोजन गर्नेछन् ।
परराष्ट्रमन्त्री नारायण खड्काले पनि मोदीलाई लुम्बिनीमै भेट्ने सेड्युल छ । यसअघिको नपाल भ्रमणमा पनि लुम्बिनी जान खोजेका प्रधानमन्त्री विभिन्न कारणवश जान पाएका थिएनन् ।
मोदी सोही दिन स्वदेश फर्किंने कार्यक्रम छ ।
मोदीको भ्रमणले दुई देशबीचको समाजिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास लिइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया