आजदेखि सातामा दुईदिन विदा
काठमाडाैं । सरकारले हप्तामा दुईदिन विदा दिने निर्णय गरेसँगै जेठ १ गते अर्थात आजबाट लागु हुने भएको छ । जेठ १ गतेदेखि शनिबार र आइतबार विदा दिने निर्णय गृह मन्त्रालयले यसभन्दा अघि राजपत्रमा प्रकाशित गरेको थियो । यसअघि वैशाख १३ मा बसेको मन्त्रिपरिषद् बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरेको थियो ।
सरकारको निर्णय राजपत्रमा प्रकाशित भएसँगै आजबाट सरकारी कर्मचारीले दशैं–तिहारबाहेक हप्ताको दुईदिन विदा बस्ने पाउने छन् । सरकारी कार्यालयका साथै बैंकहरू पनि सातामा दुईदिन बन्द हुने भएको छ । अब बैंकहरू पनि सोमबारदेखि शुक्रबारसम्म खुला रहने छन् । बीमा कम्पनीहरू पनि सातामा दुईदिन बन्द गर्न बीमा समितिले निर्देशन दिइसकेकेको छ ।
दुईदिन विदा हुने भएपछि सरकारी कर्मचारीको कार्यलय समय भने थप भएको छ । राजपत्रमा उल्लेख गरेअनुसार सोमबारदेखि शुक्रबारसम्म बिहान ९: ३० देखि बेलुका ५: ३० सम्म कार्यालय समय तोकिएको छ । त्यस्तै कात्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय बिहान ९: ३० देखि ४:३० सम्म समय तोकिएको छ ।
ताजा अपडेट
-
सुनको भाउ घट्दा चाँदीको बढ्यो
-
२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
-
सुनकोशी-मरिण डाइभर्सनको बाँध निर्माणका लागि ठेक्का आह्वान
-
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो


प्रतिक्रिया