जनउत्थान सामुदायिक लघुवित्तको नाफा ५२.८९५ ले बढ्यो
काठमाडाै । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जनउत्थान सामुदायिक लघुवित्तको खुद नाफा ५२.८९५ ले बढेर ४ करोड १९ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको सोही अविधमा अवधिमा उक्त कम्पनीले दुई करोड ७४ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी २८.१८५ ले बढेर ९ करोड ३२ लाख ५४ हाजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
सञ्चालन नाफा १७५.१६५ ले बढेर ४ करोड ८० लाख २६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अविधमा कमपनीले १ करोड ७४ लाख ५४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ७० रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १७ पैसा छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया