६ मिनेटमै रोकिएको ब्राजिल र अर्जेन्टिनाको खेल फेरि हुने, ४ अर्जेन्टिनी खेलाडीमाथि प्रतिबन्ध
काठमाडौं । गत सेप्टेम्बरमा रोकिएको ब्राजिल र अर्जेन्टिना बीचको विश्वकप फुटबल छनोटको खेल पुनः खेलाइने भएको छ ।
ब्राजिलमा भएको उक्त खेल ६ मिनेटमै रोकिएको थियो । इंग्लिस प्रिमियर लिग खेल्ने चारजना खेलाडीले कोरोना नियम उल्लंघन गरेको आरोप लगाउँदै ब्राजिलको स्वास्थ्यमन्त्रीका अधिकारीहरूले खेल बीचमै रोकेका थिए ।

सो बेला कोरोना नियम पालना नगरेका चार अर्जेन्टिनी खेलाडी भने ब्राजिलविरुद्ध उत्रन नपाउने भएका छन् । जसमा नम्बर एक गोलकिपर इमिलियानो मार्टिनेज, जिओभानी लो सेल्सो, क्रिस्टियन रोमेरो र इमिलिएनो बुइन्डिया छन् ।

विश्व फुटबल महासंघ (फिफा)ले ब्राजिल र अर्जेन्टिनाबीचको खेल दक्षिण अमेरिकाभन्दा बाहिर तठस्थ मैदानमा हुने निश्चित गरेकोे छ । तर, स्थान र मिति भने नतोकिएको अर्जेन्टिनी फुटबलको वेबसाइट मुण्डो अल्बिसेलेस्टेले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया