कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी गर्दा ५०० क्यास ब्याक
काठमाडौं । विद्युतीय रकम भुक्तानी गर्ने प्लेटफर्म कनेक्ट आइपिएसले बीमाको प्रिमियम भुक्तानी गर्दा साप्ताहिक रुपमा ५ सय रुपैयाँ क्यास ब्याक वितरण गर्ने नयाँ स्कीम सुरु गरेको छ ।
हाल कनेक्ट आइपिएसमा १७ वटा जीवन बीमा कम्पनी आवद्ध छन् । यो स्किम सुरु भएसँगै अब बीमितले कनेक्ट आइपिएसमार्फत बीमाशुल्क भुक्तानी गर्दा ५ सय रुपैयाँ क्यास ब्याक पाउने भएका छन् । कनेक्ट आइपिएसले बीमा भुक्तानीमा पहिलो १०० जनालाई ५ सय रुपैयाँ क्यास ब्याक दिने स्किम ल्याएको हो ।
कम्पनीले ‘लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गरी बनौ सुरक्षित कनेक्ट आइपीएसमा हरेक हप्ता १ सय जनालाई ५ सय रुपैयाँ ६ निश्चित’ बन्ने नारासहित यो योजना ल्याएको छ । यो योजना जेठ १ गतेदेखि लागु भई असारको ३२ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
साथै कम्पनीले जेठ १ गतदेखि लागु हुने गरि प्रत्येक सोमबार हप्ताको अन्त्यमा (आइतबारदेखि बिहिबार) कनेक्ट आइपीएस (मोबाइल एप, वेब एप्लिकेसन वा भुक्तानी गेटवे सम्बन्धित जीवन बीमा कम्पनीको वेबसाइटमा उपलब्ध) प्रयोग गरी भुक्तानी गरेका प्रयोगकर्ताहरूमध्ये साप्ताहिक विजेताहरूको घोषणा गरिने कम्पनीले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया