NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कानुनमन्त्री बडूलाई कोरोना संक्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनले बुधवार पिसिआर परीक्षण गराएका थिए । त्यसको रिपोर्ट आज आएको हो । जसमा उनलाई कोरोना संक्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए ।

‘मन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अब केही दिन आइसोलेसनमा बस्नु हुनेछ’, उनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १५:४८:००

ताजा अपडेट

नेपालवाच विशेष