थप १६ जनामा कोरोना पुष्टि, १३३ सक्रिय संक्रमित
काठमाडौं । गत २४ घण्टामा दुई हजार ९२० जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ११ र एन्टीजेन विधिमा ५ जना गरी थप १६ जनामा कारोना पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमितको संख्या पिसीआर विधिमा ९ लाख ७९ हजार ८७ र एन्टीजेन विधिमा एक लाख ४० हजार २१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ जना निको भई घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार २ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
मंगलबार एक जनाको पनि मृत्यु भएको छैन् । देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३३ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ८९० रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया