थप १६ जनामा कोरोना पुष्टि, १३३ सक्रिय संक्रमित

काठमाडौं । गत २४ घण्टामा दुई हजार ९२० जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ११ र एन्टीजेन विधिमा ५ जना गरी थप १६ जनामा कारोना पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमितको संख्या पिसीआर विधिमा ९ लाख ७९ हजार ८७ र एन्टीजेन विधिमा एक लाख ४० हजार २१६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११ जना निको भई घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९ लाख ६७ हजार २ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
मंगलबार एक जनाको पनि मृत्यु भएको छैन् । देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३३ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ८९० रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया