भारतीय लेखकलाई पहिलोपटक बुकर पुरस्कार
काठमाडौं । गीताञ्जली श्री बुकर पुरस्कार जित्ने पहिलो भारतीय लेखक बनेकी छन् । उनको उपन्यास ‘टम्ब अफ स्यान्ड’ भारतमा पतिको मृत्युपछि एक महिलाले गर्ने यात्रामा आधारित कथा भएकाे किताबले पुरस्कार जितेकाे हाे ।
यो बुकर पुरस्कारका लागि सर्टलिस्ट गरिएको हिन्दी भाषाको पहिलो पुस्तक हो । ७२५ पृष्ठको उपन्यासले मिको कावाकामी, बोरा चुङ, जोन फोसे, क्लाउडिया पिनेइरो र पूर्व विजेता ओल्गा तोकार्चुकका अन्य पाँचवटा सर्टलिस्ट गरिएका किताबसँग प्रतिस्पर्धा गरेको थियो ।
यो किताब सन् २०१८ मा हिन्दी भाषामा ‘रेत समाधि’ शीर्षकमा प्रकाशित भएको थियो ।
उपन्यासको कथामा श्रीमान्को मृत्युपछि निराश हुने आमाको परिवर्तनकारी यात्रालाई चित्रण गर्छ । यसलाई प्रसिद्ध अनुवादक डेजी रकवेलले अंग्रेजीमा अनुवाद गरेका हुन् । पुरस्कारको राशी ५० हजार युरो डलर रहेको छ । यो रकम लेखक र अनुवादकबीच बराबर बाँडिने छ ।
अन्तर्राष्ट्रिय बुकर पुरस्कार अंग्रेजीमा अनुवाद गरी बेलायत वा आयरल्याण्डमा प्रकाशित हुने पुस्तकलाई हरेक वर्ष प्रदान गरिन्छ । याे पुरस्कार सन् २००५ देखि दिन सुरू गरिएकाे हाे ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया