१२ जनामा कोरोना सङ्क्रमण
काठमाडाै । शुक्रबार कोरोना भाइरसको सङ्क्रमण १२ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ ।
विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ । नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ । आज ६६ हजार १८१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
अहिलेसम्म होम आइसोलेसनमा १२३, संस्थागत आइसोलेसनमा एक र सघन उपचार कक्ष (आइसियु)मा एक जनाको उपचार भइरहेको छ ।
।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया