प्रधानसेनापति शर्मा किन जाँदैछन् अमेरिका ?
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा एक महिनापछि अमेरिका जाने भएका छन् । प्रधानसेनापति भएपछि शर्माको पहिलो अमेरिका भ्रमण हुन लागेको हो ।
नेपालमा अमेरिकी अधिकारीहरूको बाक्लो भ्रमणपछि प्रधानसेनापति अमेरिका जान लागेका हुन् ।
रक्षा मन्त्रालय स्रोतका अनुसार भ्रमणको तयारी भइरहेको छ तर औपचारिकताका लागि मन्त्रिपरिषदले प्रधानसेनापतिसहित आधा दर्जन सैन्य अधिकारीको भ्रमण स्वीकृत गर्न भने बाँकी छ ।
रक्षा मन्त्रालयले १२ देखि १८ असारसम्म प्रधानसेनापति, उनकी श्रीमती तथा चारजना सैन्य अधिकारीको भ्रमण स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ । प्रधानसेनापति शर्मा अमेरिकी सेनाका प्रमुख चिफ अफ द स्टाफ जनरल जेम्स सी म्याक कोन्भिलको निमन्त्रणामा अमेरिका जाने तयारीमा छन् ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले प्रधानसेनापति शर्माको अमेरिका भ्रमणको तयारी भइरहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया