हराएको जहाज भेटियो

काठमाडौं । आज बिहान पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरलाइन्सको जहाज भेटिएको छ ।
तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको नेपाली सेनाले जनाएको छ । सो हिमालको फेदीमा विमान दुर्घटना भइरहेको स्थानीयले देखेको सेनाले पुष्टि गरेको छ ।
तारा एयरको ९ एएनएइटी कल साइनके ट्विनअटर जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो ।
प्रतिक्रिया