तारा एयरले भन्यो : ‘जहाज दुर्घटना भएको जानकारी गराउँदा हामी स्तब्ध छौं’
काठमाडाैं । तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित सानोस्वारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । उक्त जहाज दुर्घटनाबारे जानकारी गराउँदा स्तब्ध भएको उल्लेख गर्दै तारा एयरले दु:ख व्यक्त गरेको छ ।
साथै मृत्यक सबैमा समवेदना प्रकट गरेको छ । १४ हजार पाँच सय फिटमा खसेको जहाज टुक्रा–टुक्रा अवस्थामा भेटिएको पनि तारा एयरले जानकारी गराएको छ ।
तारा एयरका अनुसार जहाज अन्तिम पटक जोमसोम टावरसँग १० बजेर १७ मिनेटमा घोडेपानीबाट सम्पर्कमा आएपछि सम्पर्कविहीन भएको थियो । आज विहानैदेखि नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाइ तथा स्थलमार्गबाट खोजी गर्दा उक्त दुर्घटना भएको तारा एयरले विज्ञप्तिमार्फत जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया