तारा एयर दुर्घटना : १० जनाको शव कोवाङ झारियो
काठमाडौं । आइतबार तारा एयरको विमान दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको शव मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङमा झारिएको छ । विमानमा सवार सबै जनाको शव फेला परेको छ ।
अन्य शव पनि दुर्घटनास्थलबाट फिस्टेल एयर र कैलाश एयरको माउन्टेन हेलीले कोवाङमा ल्याउने तयारी भइरहेको छ ।
शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान भएको छैन । कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०: १० मिनेटमा सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया