तारा एयर दुर्घटना : १० जनाको शव कोवाङ झारियो
काठमाडौं । आइतबार तारा एयरको विमान दुर्घटनामा परि मृत्यु भएकामध्ये १० जनाको शव मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङमा झारिएको छ । विमानमा सवार सबै जनाको शव फेला परेको छ ।
अन्य शव पनि दुर्घटनास्थलबाट फिस्टेल एयर र कैलाश एयरको माउन्टेन हेलीले कोवाङमा ल्याउने तयारी भइरहेको छ ।
शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । फेला परेका शवको पहिचान भएको छैन । कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।
आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज बिहान १०: १० मिनेटमा सम्पर्कविहीन भएको थियो । जहाज थासाङको मानापाथी हिमालस्थित नामसारे पहाडमा ठोक्किएर दुर्घटना भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया