तारा एयरको जहाज दुर्घटना छानबिन गर्न समिति गठन
काठमाडौं । आइतबार भएको तारा एयरलाइन्सको जहाज दुर्घटना छानविनका लागि सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दीपु जुहार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उमेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
आइतबार विहान ९ ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको ९ एनएइटी कलसाइनको ट्विनअटर जहाज सम्पर्कविहीन भएको थियो । उक्त जहाज सोमबार बिहान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ को सानुसरेमा १४ हजार पाँच सय फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
जहाजमा सवार १९ यात्रुसहित तीनजना नै चालक दलका सदस्य गरी २२ जनाकै मृत्यु भएको छ ।

तारा एयर दुर्घटना : १० जनाको शव कोवाङ झारियो – NepalWatch
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया