जहाज दुर्घटना : १० जनाको शव काठमाडौं ल्याइयो
काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको तारा एयरले जनाएको छ ।
हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा पोखराहुँदै काठमाडौं ल्याइएको तारा एयरले आज एक विज्ञप्ति प्रकाशित जारी गर्दै जनाएको छ ।
काठमाडौं ल्याइसकेपछि शवहरू त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने बताइएको छ ।
बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको छ भने एक जनाको शव खोजी भइरहेका बताइएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया