गायक मुसेवालाका हत्यारा नेपालमा खोज्दै भारतीय प्रहरी
काठमाडौं । भारतका गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिहरू खोज्न भारतीय प्रहरी नेपाल आएको खुलासा भएको छ ।
हत्यामा संग्लग्नलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मुसेवालाको हत्यामा संलग्न हतियारधारीहरू भारतसँग खुला सीमाना रहेको नेपालमा लुकेको हुनसक्ने अनुसन्धान टोलीको निष्कर्ष रहेको बताइएको छ ।
प्रहरी टोली नेपाल आएको भनिएपनि उनीहरू कुन ठाउँमा रहेर हत्यारा खोजिरहेका छन् भन्ने चाहिँ भारतीय सञ्चारमाध्यहरूले खुलाउन सकेका छैनन् ।
पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार पञ्जाबी गीतका गायक मुसेवालाको हत्या भएको थियो ।
पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरिसकेका छन् । उनीहरूसँगको बयानका आधारमा थप संग्लग्न खोज्न दिल्लीको प्रहरी टोलीलाई नेपाल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया