पर्सालाई पाँच अर्ब बजेट विनियोजन
काठमाडाैं । १४ स्थानीय तह रहेको पर्सालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले समानीकरण, सशर्त र विशेष अनुदान गरी करिब पाँच अर्ब १० करोड १६ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
एक महानगरपालिका, तीन नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा सबैभन्दा बढी वीरगञ्ज महानगरमा एक अर्ब ४४ करोड ८६ लाख र सबैभन्दा कम पकाहामैनपुर गाउँपालिकालाई २१ करोड विनियोजन भएको हो ।
जसमध्ये तीन नगरपालिकालाई एक अर्ब ६४ लाख तथा दशवटा गाउँपालिकालाई दुई अर्ब ६४ करोड ६७ लाख बजेट विनियोजित भएको छ । यस्तै विनियोजित बजेटमध्ये पोखरिया नगरलाई ३३ करोड ३२ लाख, पर्सागढी नगरलाई ३१ करोड ४७ लाख र बहुदरमाई नगरलाई ३५ करोड ८५ लाख रुपैयाँ विनियोजित भएको हो ।
त्यसैगरी, छिपहरमाई गाउँपालिलाई २८ करोड ३५ लाख, जगरनाथपुरलाई २८ करोड ८९ लाख, धोबिनीलाई २२ करोड १२ लाख, पटेर्वासुगौलीलाई २८ करोड तीन लाख, विन्ध्यवासिनीलाई २४ करोड ४० लाख, सखुवाप्रसौनीलाई रु ३३ करोड ९८ लाख, ठोरीलाई रु ३१ करोड २६ लाख, कालिकामाईलाई २२ करोड २९ लाख, र जीराभवानी गाउँपालिकालाई २५ करोड ३५ लाख बजेट विनियोजन गरिएको हो ।
यस्तै विशेष अनुदानतर्फ आगामी बजेटका लागि वीरगञ्ज महानगरलाई दुई करोड, जगरनाथपुर गाउँपालिकालाई एक करोड ४४ लाख, पटेर्वासुगौली गाउँपालिकालाई दुई करोड, ठोरी गाउँपालिकालाई दुई करोड ८५ लाख र जीराभवानी गाउँपालिकालाई एक करोड विशेष अनुदान पाएको छ । यहाँको नौ स्थानीय तहले विशेष अनुदान पाएका छैनन् ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया